काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् ।
शनिवार नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको बताए ।
कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको उनको भनाइ छ।
देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताए ।
प्रचण्डले देशमा निरंकुश प्रवृत्ति देखापरेको र त्यसकाविरुद्धमा एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।




प्रतिक्रिया