हनोई (चीन),१२ साउन । दक्षिण चीनको समुन्द्रमा डुबेको भियतनामी जहाज खोइ गुयेन –१८ बाट ४८ जना भियतनामीहरुको उद्धार गरिएको जनाइएको छ । हाल उनीहरु आ–आफ्नो घरमा फर्किरहेकोसमेत स्थानीय दैनिक भ्वाइस अफ भियतनामले भियतनामी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार रिपोर्ट गरेको छ ।
मन्त्रालयको नागरिक सुरक्षा अपडेटका अनुसार सोमबार सम्म खोज र उद्धार कार्यमा कुल ४८ जनालाई उद्धार गरिएको थियो ।
भियतनामी अधिकारीहरूले उद्धार गरिएको जिवित व्यक्तीहरुलाई चिनियाँ पक्षले उद्धार गरी चिकित्सा सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ । भियतनामी अधिकारीहरूले बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी राखेको रिपोर्ट गरिएको छ ।
६२ जना यात्रु बोकेको भियतनामी झण्डा बहाक जहाज खोई गुयेन –१८ दक्षिण चीन सागरको नान्सा टापुहरूको योङ्सु रिफ नजिकैको पानीमा प्रतिकूल मौसमका कारण डुबेको जनाइएको छ । रासस




प्रतिक्रिया