वीरगन्ज (पर्सा), १७ साउन । पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।
यहाँ आयोजित एक कार्यक्रमबीच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उदुघाटन गरे । उनले नवनिर्मित वडा कार्यालय र स्वास्थ्यचौकी भवनले सेवा प्रवाहमा सहज हुने बताए । आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताए ।
वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्यचौकी भवन निर्माण भएको बताए । ती भवन रु एक करोड १० लाखको लागतमा निर्माण भएका हुन् । वडाध्यक्ष मिश्राले वडा कार्यालयसँगै निर्माण भएको स्वास्थ्यचौकी भवनले एउटै ठाउँबाट वडावासीले सेवा पाउन सहज हुने बताए ।




प्रतिक्रिया