काठमाडौं, साउन १८ । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ३५ रुपैयाँको वृद्धि भएको छ ।
महासंघले आज सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो दिन आइतबारको तुलनामा ८०० रुपैयाँले बढी हो । आइतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रुपैयाँ तोकिएको छ । यो आइतबारको तुलनामा तोलामा ३५ रुपैयाँको वृद्धि हो । हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया