कांग्रेस संसदीय दलको बैठक बस्दै: के–कस्ता छन् एजेन्डा ?


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक आज दिउँसो साढे ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ। संसदीय दलको कार्यालयका अनुसार बैठकमा मूलतः देशको पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा उठाउनुपर्ने प्रमुख एजेन्डाहरू र पार्टीको आन्तरिक रणनीतिबारे छलफल हुनेछ।आगामी संसद् बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न, जनजीविकाका सवालहरूलाई सदनमा सशक्त रूपमा उठाउन र सरकारका काम–कारबाहीमाथि प्रभावकारी निगरानी बढाउने विषयमा बैठकमा विचार–विमर्श हुने जानकारी दिइएको छ। यसका साथै पार्टीभित्रको आन्तरिक समन्वय र सदनमा विचाराधीन रहेका विभिन्न विधेयकहरूबारे पनि बैठकमा समीक्षा हुनेछ।