काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो मन्त्रालय परिसर आसपासबाटै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो।
उच्च प्रशासनिक ओहोदामा रहेका कूटनीतिक अधिकारी नै गम्भीर अपराधको आरोपमा पक्राउ परेका हुन्।
सीआईबी स्रोतका अनुसार भट्टराई परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा गैरकानुनी धन्दामा संलग्न भएको पाइएको छ। उनले तिब्बती शरणार्थीहरूलाई किर्ते तथा गैरकानुनी तरिकाले यात्रा अनुमतिपत्र जारी गरी संगठित मानव तस्करीको सञ्जाललाई सघाएको गम्भीर आरोप छ।
ूसीआईबीले भट्टराईमाथि थप अनुसन्धानका लागि हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।




प्रतिक्रिया