रुबी ठाकुरमाथि किन खनिए सुदन किराँती ?


काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुवीकुमारी ठाकुरको कार्यशैलीलाई लिएर कडा शब्दमा आलोचना गरेका छन्। पदमा पुगिसकेपछि पार्टीको योगदान, सिद्धान्त र श्रमदाताहरूको आँसु–पसिनालाई उपसभामुख ठाकुरले अपमान गरेको आरोप किराँतीले लगाएका हुन्।

पार्टीको एक कार्यक्रममा बोल्दै नेता किराँतीले पार्टीको काँधमा चढेर मन्त्री, सांसद वा उपसभामुख जस्ता उच्च पदमा पुग्ने तर पछि पार्टीकै नीति र कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाए।

किराँतीले श्रम संस्कृति पार्टीकै बलमा मेयर, सांसद, मन्त्री तथा मुख्यमन्त्रीसम्मका सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको नीति, विचार र अनुशासनभित्र रहेर काम गर्नुपर्ने स्पष्ट पारे। पार्टीभित्र स्वेच्छाचारिता हाबी हुन नदिइने चेतावनी दिँदै उनले अनुशासन र विधि बिना कुनै पनि दल अघि बढ्न नसक्ने बताए।

यसैबीच, किराँतीले पार्टीलाई देशको एक नम्बर शक्ति बनाउने र पार्टी अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने पनि दाबी गरेका छन् ।