सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका


बागमती, १८ साउन । मकवानपुरमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत आवमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका ८७५ रहेका छन् ।

त्यस्तै अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ र लिखत बदरका ११० मुद्दा दर्ता भएका उनले जानकारी दिए ।

जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अङ्गभङ्गका ५३ तथा जबर्जस्तीकरणीका ४६ वटा मुद्दा दर्ता भएका अदालतले जनाएको छ । अदालतले गत आवमा कुल दुई हजार ३१५ वटा मुद्दा फस्र्यौट गरेको सूचना अधिकारी कौशिकले जानकारी दिए ।