काठमाडौं, साउन २० । रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृत्य भएको छ। रोमानियाका विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका समाचार अनुसार मृतकहरू २५ र ३६ वर्षका नेपाली नागरिक रहेका छन् । तर, मृतक दुबै जनाको परिचय भने खुल्न बाँकी रहेको छ।
दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३स्२१ बजे भएको हो। नेपालीहरू रेलको लिकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।
लगभग ५० हजार नेपाली कामदार रहेको रोमानियामा नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन।




प्रतिक्रिया