देवानगञ्ज गोलीकाण्डः उपचारका क्रममा थप एक जनाको निधन


काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ।

गोली लागेपछि गम्भीर घाइते भएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको थियो। टिचिङ अस्पतालमै उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
रवीन्द्र मेहताको निधनको खबर सार्वजनिक भएसँगै देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र स्तब्ध बनेको छ भने सिङ्गो गाउँमा शोक छाएको छ।