काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशका सांसदहरूबीच समसामयिक राजनीतिक विषयमा गहन छलफल भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेदेखि सुरु भएको उक्त छलफलमा प्रदेशको विकास, बजेट कार्यान्वयन तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा विचार-विमर्श भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन् । भेटका क्रममा सांसदहरूले सुदूरपश्चिमको विकास निर्माणका प्राथमिकता र प्रदेशका विद्यमान समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइरहेका छन् ।




प्रतिक्रिया