काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको विवादित अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध र अवरोध मङ्गलवार पनि जारी रहेको छ।
प्रतिनिधिसभाको मङ्गलवारको बैठक सुरु हुनासाथ सभामुख डीपी अर्यालले सभाको कारबाही अगाडि बढाउन खोज्दा विपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
गत १७ जेठमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रामक बन्दै आएका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नेपालको राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीत रहेको, सो अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट तत्काल हटाइनुपर्ने र यसबारे प्रधानमन्त्री स्वयंले संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै संसद् बैठकमा निरन्तर विरोध जनाउँदै आएका छन्।




प्रतिक्रिया