एनसेलको ‘मनसुन अफर’: प्याक र सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मनसुन यामलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। ग्राहकहरूको डिजिटल अनुभवलाई थप सहज र परिस्कृत बनाउने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ ल्याएको हो।

यस अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले नयाँ सिम कार्ड खरिद गर्दा वा तोकिएका प्याकहरू एक्टिभेट गर्दा ५ देखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

नयाँ योजना अनुसार रु. ५० वा सोभन्दा माथिको योग्य प्याक खरिद गर्नेबित्तिकै ग्राहकले रिवार्ड पुष्टि गर्ने एसएमएस पाउनेछन्। उक्त क्यासब्याक रिवार्ड ‘एनसेल एप’मा रहेको ग्राहकको खातामा जम्मा हुनेछ, जसलाई २४ घण्टाभित्र दाबी (Claim) गरिसक्नुपर्नेछ। दाबी गरिएको क्यासब्याक जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।

प्याकअनुसार क्यासब्याकको दर:

  • रु. ५० देखि रु. ९९ सम्म: ५ प्रतिशत क्यासब्याक
  • रु. १०० देखि रु. २०० सम्म: १० प्रतिशत क्यासब्याक
  • रु. २०१ देखि रु. ४९९ सम्म: १५ प्रतिशत क्यासब्याक
  • रु. ५०० र सोभन्दा माथि: २० प्रतिशत क्यासब्याक

कम्पनीका अनुसार यो क्यासब्याक रकम नगदमा रूपान्तरण गर्न वा अन्य व्यक्तिमा ट्रान्सफर गर्न मिल्दैन। तर, ग्राहकले प्रत्येक खरिदमा प्राप्त रिवार्ड जम्मा गरेर आफ्नै प्रयोजनका लागि उपभोग भने गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्ने उद्देश्यले यो क्याम्पेन ल्याइएको बताए। “प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ,” उनले भने, “हिमालयन जाभा, ट्रिप टर्बो वा अल्टिमा जस्ता साझेदारहरूका प्रिमियम सुविधाहरू जोड्दै एनसेल एपलाई बहु–उपयोगी डिजिटल प्रवेशद्वारका रूपमा विकास गरिरहेका छौँ।”

भ्वाइस र डेटा सेवामा मात्र सीमित नरहेर एउटा जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने रणनीतिअनुरुप एनसेलले यो अफर सञ्चालनमा ल्याएको जनाएको छ। निश्चित अवधिका लागि मात्र लागू गरिएको यो अफर एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकका लागि खुला रहनेछ।