प्रदेश सरकारमा सहभागिताबारे निर्णय लिने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई सुम्पिने राप्रपाको निर्णय


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारमा सहभागिताबारे निर्णय लिने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुम्पिएको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा आवश्यक कदम चाल्ने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई प्रदान गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा प्रदेश सरकार गठनमा सहभागी हुन वा सत्ताको दौडधुपमा लाग्न उत्सुक नरहेको प्रस्ट पारे।