सुनसरी र सिरहा प्रदर्शनका पीडितलाई राहत र घाइतेको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले सुनसरी र सिरहामा भएका पछिल्ला प्रदर्शनका क्रममा मृत्यु भएका तथा घाइते भएका व्यक्तिहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवार तथा घाइतेहरूको उपचारका लागि आवश्यक राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रदर्शनबाट प्रभावित व्यक्तिहरूप्रति सरकार संवेदनशील रहेको बताए।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक राहत उपलब्ध गराइनेछ भने घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्नेछ।

सरकारले पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउँदै क्षेत्रमा शान्ति सुरक्षा तथा व्यवस्था कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।