काठमाडौं । स्वास्थ्य उपचारका क्रममा हङकङमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी साउन २९ गतेअघि नै स्वदेश फर्किने भएका छन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले पूर्वसभापति देउवा साउन २९ गतेभन्दा अगावै नेपाल आइपुग्ने जानकारी दिए। यद्यपि, उनको उडान र अवतरणको अन्तिम मिति भने तय हुन बाँकी रहेको छ। “उहाँ साउन २९ गते अगाडि नै नेपाल आउनुहुन्छ। तर, फर्किने निश्चित गन्तव्य मिति भने अझै तय भइसकेको छैन,” भानु देउवाले भने।
पार्टीभित्र पछिल्लो समय राजनीतिक सरगर्मी बढिरहेका बेला देउवा पक्षका नेताहरूले साउन २९ गते राजधानी काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने व्यापक तयारी थालेका छन्। उक्त उच्चस्तरीय भेलालाई सम्बोधन गर्न र रणनीतिक मार्गदर्शन दिनका लागि नै देउवा साउन २९ अगावै काठमाडौं आइपुग्ने बुझिएको छ।
नियमित तथा आवश्यक स्वास्थ्य उपचारका लागि हङकङ पुगेका देउवाको यो सम्भावित स्वदेश फिर्तीलाई नेपाली कांग्रेसभित्रको पछिल्लो आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिसँग निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया