तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो


काठमाडौं, साउन २२ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा क्षति पुगेको छ । पहिरोबाट मानवीय क्षति भने भएको छैन ।

सशस्त्र प्रहरीका अनुसार गएराति १ स्१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००र३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो । पहिरोसँगै डुङ्गाहरू उछिट्टिँदा बीओपी परिसरका विभिन्न संरचनामा क्षति पुगेको हो ।