काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा कुनै पनि राजनीतिक, निजी वा निहित स्वार्थ समूहको हस्तक्षेप स्वीकार्य नहुने भन्दै वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारलाई गम्भीर चेतावनी दिएका छन्।
उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता सुरु हुनुअघि विज्ञप्ति जारी गर्दै डा. केसीले राजनीतिक दल वा निजी क्षेत्रसँग स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरिए सशक्त आन्दोलनमा उत्रिने स्पष्ट पारेका हुन्।
हाल दार्चुलाको दुर्गम व्यास गाउँपालिका–छाङ्ग्रुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका डा. केसीले सरकारसँग साउन ११ गते २४औँ सत्याग्रहका क्रममा भएका सहमतिहरू अक्षरशः कार्यान्वयन गर्न माग गरेका छन्।
सहमति उल्लंघन भएमा वा देहायका विषयमा सरकार गम्भीर नभए स्थगित सत्याग्रह पुनः ब्युँताउने उनले चेतावनी दिएका छन्:
- स्वास्थ्य/चिकित्सा क्षेत्रमा कारबाही: मेडिकल क्षेत्रमा भइरहेको श्रम शोषण, ठगी, आर्थिक अनियमितता र अपराधमा संलग्नहरूमाथि कारबाही नगरे।
- आवासीय चिकित्सकको भत्ता: आवासीय चिकित्सकहरूले पाउँदै आएको निर्वाह भत्ता घटाउने प्रयास भए।




प्रतिक्रिया