सेनामा जागिर खाने अवसर, २८० जना माग (विज्ञापनसहित)


काठमाडौं, साउन २९ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले रिक्त रहेको अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । सेनाले आज एक सूचना प्रकाशित प्रकाशित गर्दै खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि कुल २८० जना नयाँ क्याडेटको माग गरेको हो ।

जसमा खुलातर्फ १४६ जना, महिला २४, आदिवासीरजनजाति ३९, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्र ६ र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ जनाको कोटा निर्धारण गरिएको छ।

सूचना अनुसार दरखास्त दिने साउन २९ देखि आगामी भदौ १८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरेर आगामी भदौ १९ देखि भदौ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

उमेरको हकमा, प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण गरेकाहरूको हकमा दरखास्त पेस गर्ने अन्तिम मिति आगामी भदौ २८ सम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्ण गरेकाहरूको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला सैनिक उम्मेदवारहरूको हकमा भने सोही मितिसम्म २६ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

Skip This