चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। गत साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो।
बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नरहेपछि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन्।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा रहेपछि मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।




प्रतिक्रिया