काठमाडौं । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भदौ १० मा हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ । उक्त व्यवस्थाअनुसार सभामुखले भदौ १० को समय तोकेका हुन् ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने जानकारी दिए ।




प्रतिक्रिया