सरकार र दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानबिच सिंहदरबारमा वार्ता सुरु


काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’  र सरकारी पक्षबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो । 

सरकारले सोमबार वार्ता टोली गठन गरेपछि प्रसाईंले पनि  नौ सदस्यीय वार्ता टोली गठन गरेका थिए । हाल सरकारपक्षले प्रसाईंसँग वार्ता जारी राखेको हो । 

सरकारको वार्ता टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिव लिलाधर सुवेदी,  गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन् । 

प्रसाईंका तर्फबाट  गठन भएको टोलीमा   संयोजक विष्णु बोहरा विजय थापा, देवी संग्रौला, हरदेव महतो, लीलादेवी दनुवार, लाल शाह, रिकु मण्डल, राजु आचार्य र नरेन्द्र लामा सदस्य छन् ।