काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक यही भदौ ५ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । ।
बैठकका निम्ति कार्यसूचीहरू तय गरिएको छ । बैठकमा स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, राइट टु रिकलसम्बन्धी दस्ताबेज निर्माण गर्ने बताइएको छ ।
त्यस्तै, पदाधिकारी, केन्द्रीय समिति सदस्य, सचिवालय सदस्य, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उमेदवार छनोट समिति सदस्य मनोनयन गरिने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
त्यसैगरी केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा उमेदवार छनोट रूपरेखाू अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न छलफल गरिने सम्भावित कार्यसूची तय छ ।




प्रतिक्रिया