काठमाडौं । साउन महिनामा सबैभन्दा बढी ग्यास आयात भएको छ । साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार, पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ ।
गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ ।
असार महिनाका तुलनामा गत साउनमा करिब नौ लाख सिलिण्डर ग्यास बढी बिक्री भएको छ । .




प्रतिक्रिया