१५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवा पक्राउ


मोरङ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय विशाल हजारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

विशालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।