काठमाडौं, भदौ ४ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले रावललाई रिक्त डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
राष्ट्र बैंकमा २०८२ फागुन २५ देखि दुई डेपुटी गभर्नर पद खाली थियो । सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । खाली रहेको बाँकी १ स्थानमा रावललाई नियुक्त गरेको हो । राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।
दीर्घबहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुख हुन् । रावलले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई ९एफआईयू० को प्रमुखका रूपमा काम गरेका थिए ।




प्रतिक्रिया