सरकार र दुर्गा प्रसाईं टोलीबीच सिंहदरबारमा वार्ता जारी


काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालबीच सिंहदरबारमा वार्ता जारी छ ।

महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि वार्ता सुरु भएको स्रोतले बतायो ।

सरकारको तर्फबाट भाद्र १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालाका सहसचिव डिलाराम पन्थी सदस्यसहितको वार्ता टोली गठन भएको थियो ।

सरकारको आह्वानबमोजिम महाअभियानका तर्फबाट पनि केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

वार्ता सकारात्म दिशातिर अघि बढीरहेको बुझिएको छ ।