पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी


पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षका एक बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते ती किशोरले १० वर्षीया बालिकालाई लिची खान दिने प्रलोभन देखाई घरमा बोलाएका थिए। त्यसपछि, ललाईफकाई घरको गोठभन्दा माथिको पहिलो तलाको कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती किशोरलाई नियन्त्रणमा लिई पाल्पा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।