पार्टी कसैको मौजा होइन, कसले बोल्ने–नबोल्ने भन्ने निर्णय गर्नः गोकुल बास्कोटा


काठमाडौं, भदौ ७ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टी कसैको व्यक्तिगत ‘मौजा’ नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले पार्टीभित्र कसले बोल्न पाउने र कसले नपाउने भन्ने निर्णय गर्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।

उनले कमजोर हुँदा अधिकारको कुरा गर्ने र बलियो हुँदा अराजकता देखाउने प्रवृत्ति सत्ता र नेताहरूमा देखिने ‘सदाबहार सत्य’ भएको टिप्पणी गरेका छन् । बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू अहिले अन्योलको अवस्थामा पुगेको समेत बताएका छन्। उनका अनुसार वामपन्थी पार्टीहरू ‘क्रसरोडमा उभिएको यात्री’ जस्तो अवस्थामा पुगेका छन्।

उनले भनेका छन्, ‘पार्टी जिम्वालको मौजा होइन, कसले बोल्न पाउँछ र कसले पाउँदैन भन्न । कमजोर हुँदा अधिकार (बलियो हुँदा अराजकता ! जुनसुकै सत्ता न नेता (हिजो, आज र भोलिको सदाबहार सत्य यै हो । तर नेपालकावामपन्थी पार्टीहरु चै ठ्याक्कै 017-027 को हालतमा पुग्या छन्, क्रसरोडमा उभिएको यात्री झैँ ।’