मधेस प्रदेशमा बुधवार मुस्लिम धर्मालम्बीलाई बिदा


जनकपुर ।  मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर बिदा दिने भएको छ ।

मधेस सरकारले भदौ १० गते प्रदेशमा मुस्लिम धर्मालम्बीलाई बिदा दिने निर्णय गरेको हो।नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली  बुधवार  मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने उल्लेख छ ।   

मन्त्रालयले बिदासम्बन्धी निर्णयबारे प्रदेशका सम्बन्धित सबैलाई जानकारी गराएको छ ।