स्वास्थ्यकर्मीसहित सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइयाे


काठमाडौँ । आज बिहान रसुवा भोटेकोशीमा आएको बाढीपछि स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको छ ।

बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकमा उद्धारका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा बस्न समेत निर्देशन दिइएको छ ।

स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको र निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई अन्यत्र नजान निर्देशन दिइएको छ भने ड्रोन एसोसिएसन र र्‍याफ्टिङ एसोसिएसनलाई तयारी अवस्थामा परिचालन गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।