काठमाडौं । तिब्बततर्फबाट बुधबार बिहान आएको आकस्मिक बाढीपछि रसुवाका प्रकाश गुरुङ सम्पर्कविहीन भएका छन्। उनका आफन्तले उनको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।

रसुवाको डाँडागाउँ घर भएका गुरुङ चीनबाट नयाँ गाडी सीमा क्षेत्रसम्म ल्याउने काम गर्दै आएका थिए। आफन्तका अनुसार बिहान करिब ८ बजेसम्म उनीसँग सम्पर्क भएको थियो। त्यसपछि टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा बाढी आएपछि उनीसँग सम्पर्क हुन सकेको छैन।
प्रकाश गुरुङले ९७४४७२७४५२ नम्बर चलाउँदै आएका थिए । अहिले याे नब्बर अफ रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजार, भन्सार क्षेत्र, सुरक्षा संरचना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।




प्रतिक्रिया