रसुवामा बाढी : वीर अस्पतालमा निःशुल्क उपचार हुने


काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको वीर अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । बाढीबाट हुनसक्ने घाइतेको उपचारका लागि वीर अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा.विकास नेपालले जानकारी दिए ।

उनका अनुसार गम्भीर प्रकृतिका घाइतेका लागि २७ ओटा बेड खाली गराइएको छ । यस्तै इमरजेन्सी ओटी खाली गराइएको उनले बताए ।

आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, औषधि व्यवस्थापन तयारी अवस्थामा राखिएको छ ।

उनले गम्भीर बिरामीका लागि २७ वटा बेड तयारी अवस्थामा राखेका बताए । त्यस्तै भेन्टिलेटरसहित आइसीयूका ११ वटा बेड तयारी अवस्थामा राखिएको उनले बताए ।