निजी क्षेत्रसँग गृहमन्त्रीको आग्रह : राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु


काठमाडौँ। बुधबार बिहान रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग गर्न गृहमन्त्री सुधन गुरुङले निजी क्षेत्रसँग आग्रह गरेका छन् ।

बुधबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासङ्घ का नेतृत्वसँग छलफल गर्दै विपद्को घडीमा सरकारसँग हातेमालो गर्न मन्त्री गुरुङले आग्रह गरेका हुन् ।

प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास तथा अन्य राहत सामग्री उपलब्ध गराउन निजी क्षेत्रलाई सहयोग गर्न मन्त्री गुरुङले आग्रह गरेका हुन् ।

गृहमन्त्रीले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व भएको उल्लेख गर्दै रसुवाका प्रभावित परिवारलाई छिटोभन्दा छिटो सहयोग पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने बताए।