काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा गएको विनाशकारी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बिहीबार नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाउँदै आफ्नो गम्भीर समवेदना प्रकट गरेका हुन् ।
राष्ट्रपति पुटिनले सन्देशमा भनेका छन्, तपाईंको देशको उत्तरपूर्वी क्षेत्रमा पहिरो र बाढीका कारण भएको ठुलो जनधनको क्षति र विनाशप्रति मेरो गहिरो समवेदना स्वीकार गर्नुहोस् । हामी मित्रराष्ट्र नेपालका जनताको यो दुःखमा साथ छौँ । यस प्राकृतिक विपद्मा ज्यान गुमाउनेका परिवार र आफन्तजनप्रति मेरो हार्दिक सहानुभूति तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु ।’




प्रतिक्रिया