काठमाडौं, भदौ १३ । भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौं सडकखण्ड शनिबारबाट सञ्चालनमा आएको छ । राति होल्ड गरिएका सवारीसाधनलाई आज बिहान ६ बजेदेखि गन्तव्यतर्फ जान दिइएको प्रहरीले जानकारी दिएको छ ।
बाढी तथा पहिरोका कारण जोखिम बढेपछि शुक्रबार राति विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिम मूल्यांकनपछि बिहान ६ बजेदेखि होल्ड गरिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको हो।
काठमाडौं–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएपछि लामो समयदेखि बाटोमै रोकिएका यात्रुलाई सहज भएको छ। यसअघि बाढीपहिरोको जोखिमका कारण नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको थियो।
यद्यपि, पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।





प्रतिक्रिया