ऋषि धमलाको समूहद्वारा गजुरी गाउँपालिकालाई बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण



धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाको समूहले धादिङको गजुरी गाउँपालिकालाई बाढीपीडितका लागि विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने दाल, चामललगायतका खाद्यान्न तथा अन्य राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।




उपलब्ध गराइएको राहत सामग्रीबाट गजुरी गाउँपालिकाका करिब ३५० देखि ४०० जना बाढी प्रभावितलाई सहयोग पुग्ने बताइएको छ। बाढीका कारण प्रभावित परिवारलाई तत्काल खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन राहत उपलब्ध गराइएको धमलाले जानकारी दिए ।

यसअघि पनि धमलाले धादिङका विभिन्न स्थानका बाढी प्रभावितहरुलाई अत्यावश्यक दाल,चामल लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।


यहि भदौ १० गते बिहान रसुवाको भोटेकोसीमा तिब्बत क्षेत्रबाट आएको बाढिले रसुवा,नुवाकोट ,धादिङ ,गोरखा र चितवनलगायतका जिल्लामा धेरै धनजनको क्षति गरेको छ ।

अहिले सरकार पनि उद्वार,राहत र पुनःस्थापनमा लागिरहेको छ ।


स्वदेश तथा विदेशमा रहेका नेपाली ,निजि क्षेत्र र मित्ररास्ट्रहरुलेसमेत सरकारलाई प्रधानमन्त्री दैवी प्रकोप कोषमा आर्थिक सहयोग गरिरहेको छ ।