धादिङ । धादिङको धुनीबेसी नगरपालिका–६ का नवराज खत्री बाढी आएको दिनदेखि सम्पर्कविहीन भएका छन्।
खत्रीले बाढी आउनुअघि बिहान करिब ९ बजेसम्म आफू रङ्गा क्षेत्रमा रहेको सुरुङभित्र रहेको जानकारी गराएका थिए । त्यसपछि आएको ठूलो बाढीपछि भने उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएको परिवारले जानकारी दिएको छ ।
खत्रीको अवस्था अझै अज्ञात रहेकाले उनको खोजी तथा उद्धारका लागि तत्काल पहल गर्न उनका परिवारले सरकारसँग आग्रह गरेका छन्।





प्रतिक्रिया