काठमाडौं, भदौ १४ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कृष्णभीर क्षेत्रमा सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
सडक भासिएसँगै काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारी साधन बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
बिहानै त्रिशुलीमा पानीको मात्रा बढेपछि केही बेर सो राजमार्ग रोकिएको थियो । प्रहरीले सडकको अवस्था सामान्य नहुँदासम्म यात्रु तथा चालकलाई जोखिम मोलेर यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।




प्रतिक्रिया