काठमाडौ । चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवाको भोटेकोसी नदी आसपासमा भएको विपद्मा ७३४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सबैभन्दा धेरै शव चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ वटा फेला परेका छन्। चितवनमा फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।
बाढीपछि २,४९८ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जलविद्युत् आयोजनाका कर्मचारी तथा भन्सार कार्यालयका कर्मचारीलगायत छन्। त्यस्तै, सम्पर्कविहीनमध्ये ५८९ जना विदेशी नागरिक रहेका छन् भने विदेशी पर्यटकसँगै यात्रा गरिरहेका १२७ नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
उक्त भीषण बाढी भदौ १० गते बिहान आएको थियो। बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।




प्रतिक्रिया