काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षति, बेपत्ताहरूको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न आज फरि सर्वदलीय बैठक बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस विषयमा साझा धारणा बनाउन र प्रभावकारी कदम चाल्न अन्य दलहरूलाई छलफलका लागि आह्वान गरेको हो।
बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा आयोजना गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकार दिए ।
खरेलका अनुसार बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउने, पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन पुनर्स्थापनाका उपायहरूबारे राजनीतिक दलहरूबीच साझा समझदारी जुटाउन बैठक केन्द्रित रहनेछ। बैठकमा दास्रो तहका नेताहरुको उपस्थिति रहने उनले बताए ।




प्रतिक्रिया