रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५८ पुग्यो


काठमाडौ । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार नाघेको सरकारले पुष्टि गरेको छ ।

नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म १ हजार ५८ जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये ३० जना बालक, ३५ जना बालिका, २३२ जना महिला र ३७१ जना पुरुष रहेका छन् । त्यस्तै, ३९० जनाको आंशिक अंग मात्रै फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म ५८ जनाको शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ । बाँकी ९७२ शवको मुचुल्का तयार गरी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार हालसम्म ६८४ वटा शव जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ । बाढीपछि अझै ४ हजार ६०३ जना बेपत्ताको सूचीमा रहेका छन् ।