काठमाडौँ, १६ भदौ । पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रालिको आजको बैठकले बाढीबाट पीडितको उद्धार र राहतमा सहयोग पुर्याउन निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रालिका अध्यक्ष सुनिल कुँवरले मुलुकलाई दुःख परेको बेलामा थोरै भए पनि सहज होस् भनी आफ्नो तर्फबाट प्रालिले बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । उनले विपतमा परेका रसुवा, नुवाकोट र धादिङका नागरिकले जुनसुकै बेला उक्त कम्पनीलाई सम्पर्क गर्न सक्ने बताए । काठमाडौँदेखि मुलुकको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई विसं २०८० देखि एउटै कम्पनी बनाएर सञ्चालन गरिँदै आएको संस्थामा हाल १०० भन्दा बढी सार्वजनिक बस छन् ।
बाढी प्रभावितलाई निःशुल्क सेवा प्राप्त गर्न मोबाइल नम्बर ९८५१०४९६७७, ९८५११५४६०७) र ९८४१४७३७५६ मा सम्पर्क गर्न सकिने उक्त कम्पनीले जनाएको छ ।




प्रतिक्रिया