बाढी प्रभावितलाई ३ लाख ३१ हजार सहयोग गर्ने


सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी(नेकपा) कर्णाली प्रदेश संसदीय दलले रसुवा बाढी प्रभावितलाई ३ लाख ३१ हजार सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार बसेको संसदीय दलकाे बैठकले बाढी पीडित सहयोगार्थ राहत काेषमा उक्त रकम जम्मा गरिने नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।

यसअघि कांग्रेस र एमालेले पनि सहयोग रकम घोषणा गरेका थिए।