काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकै स–साना ढुंगाहरू सडकमा खसेको हो ।
सडक डिभिजन कार्यालय भरतपुरले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका ढुंगाहरू पन्छाउने तयारी भइरहेको जानकारी दिएको छ । स–साना ढुंगाहरू मात्र झरेको हुनाले त्यसलाई हटाएर सडक पूर्ण रूपमा सुचारु गर्न धेरै समय नलाग्ने कार्यालयले स्पष्ट पारेको छ ।
ढुंगा खसेर पुरानो सडक प्रभावित भए पनि हाल सोही स्थानमा निर्माण भएको नयाँ पुलबाट सवारी आवागमन नियमित रूपमा भइरहेको छ । त्यसैले यात्रुहरू बिचमै रोकिनुपर्ने अवस्था भने छैन ।
यद्यपि, सडक माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहन सक्ने भएकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।




प्रतिक्रिया