काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । कांग्रेसभित्र १५ औँ महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिरहेको बेला बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समुहले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति बैठक बोलाएको हो ।
अनुशासन समिति बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।





प्रतिक्रिया