काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिको खोज तथा उद्धार, उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ ।
भेटमा बाढीबाट प्रभावित पूर्वाधारलाई कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए । घिसिङसँगको भेटमा पनि भोटेकोसी बाढीबाट सिर्जित समस्या, उद्धार तथा पूर्वाधार पुनःस्थापनालगायत विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया