काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि ‘विगेन नेपाल परिवार’ले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
विगेन नेपाल केन्द्रीय कार्यालय परिवार, शाखा प्रमुखहरू, कर्मचारी तथा सेवाग्राहीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको २६ लाख ११ हजार १११ रुपैयाँ (रु. २६,११,१११/) आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। उक्त सहयोग रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयका सचिवमार्फत प्रधानमन्त्री राहत कोषमा बुझाएको छ।
रसुवा भोटेकोशी बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति विगेन नेपाल परिवारले गहिरो समवेदना तथा हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ। साथै, शोकाहत तथा प्रभावित परिवारका सदस्यहरूलाई यो कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै कामना गरिएको छ।

सामाजिक उत्तरदायित्व र मानवताको सेवालाई सधैँ प्राथमिकतामा राख्दै आएको विगेन नेपालले यस विपद्को समयमा पनि पीडित परिवारहरूको दैनिक जीवनयापनको व्यवस्थापन र पुनःस्थापनामा थोरै भए पनि राहत पुगोस् भन्ने विश्वासका साथ सहयोगको हात अघि बढाएको जनाएको छ।




प्रतिक्रिया