काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको छ ।
आगलागीबाट ‘प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेको’ सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
आगलागी गएराति भएको बुझिएको छ । आगलागी भएको थाहा भएपछि सुरक्षाकर्मी र अदालतका कर्मचारीहरू आएर दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।
नयाँ बनेको भवनको अभिलेख शाखामा बिजुलीको प्लग सर्ट भएर आगलागी भएको उनले बताए । उनका अनुसार आगोले विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति गरेको छैन ।




प्रतिक्रिया