कांग्रेस सांसद भरत खड्का संसद्मै ढले


काठमाडौँ । संसद् बैठक चलिरहेको समयमा सांसद भरत खड्का ढलेका छन्।

बिहीबार जारी बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेको समयमा उनी कुर्सीमा बसिरहेको समयमा ढलेका हुन्। खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई बोल्नका लागि केही समय रोकेका थिए।

संसद् बैठकको लाइभमा कांग्रेस सांसदहरू हतारिँदै उठेर अगाडि आएको देखिएको थियो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ब्लड प्रेसरका कारण खड्का बसिरहेकै ठाउँमा ढलेको जानकारी दिए।

लेखा समितिका सभापतिसमेत रहेका खड्का नेपाली कांग्रेसका सांसद हुन् । उनलाई अहिले उपचारको लागि वीर अस्पतालमा लगिएको छ ।